मेरो जिन्दगी


हिजो सम्म रंगिन सपनाले सजिएको,
आज कालो र सेतो को अन्योल मा सिमित रह्यो मेरो जिन्दगी
हरेक दिन रमेर बाँच्ने रहर मेरो,
आज पल पलै मर्दा को भयो मेरो जिन्दगी
खुशी ले सजाउने मेरो रहर,
आज आशु नै आशु को महासागर भयो मेरो जिन्दगी
उत्तर को खोजी मा हिंड्ने मेरो धोको,
आज प्रश्न नै प्रश्न को जालो भयो मेरो जिन्दगी          
कुन भुमरी मा फसिरहेछु म ?
कुन आँधी ले रोकी रहेछ मलाई ?
बैमनस्यता यो कस्तो
आँफै सँग हारिरहे जस्तो
न आँट  जाग्छ अघी बढ्ने
न त साहस् नै छ टक्क अडिरह्ने
बसन्त को न्यानो खोज्ने
आज शिशिर को तुसारापात भयो मेरो जिन्दगी।

Comments