तिमी आगो झैँ
तिमी आगो झैँ ज्वलन्त बलिरहनु
चिसो रातमा न्यानोपन दिनु
अन्धकारलाई मेटाउने उज्यालो बन्नु
अन्यायलाई जित्ने शक्ति हुनु
तिमी अघि बढ्न कहिलै नडराउनु।
सत्यको बाटो हिँड्न गाह्रो होला
एक्लै हिँड्दा मन आत्तिएला
तर पछि फर्कि कहिलै नहेर्नु
म तिमी सँग सँगै हिँड्नेछु
तिम्रो जित हारको हिस्सा हुनेछु।
हिँड्दा कहिले ठेस लाग्ला
कहिले घाऊ ठुलो होला
तर दुख्यो भनि कहिले नरुनु
घाऊमा मलम म लगाइदिनेछु
तिम्रो सुख दुःख म बाँड्नेछु।
जिन्दगीको उकालो चढ्दा आँट टुट्ला
ओरालो झर्दा गोडा दुख्ला
तर थाकेँ भनि बिच बाटोमै नअडिदिनु
तिम्रो काँधको भारि बोक्न म सघाउनेछु
लक्ष्यमा पुग्न साथ भईदिनेछु।
तिमी महासागर झैँ बिशाल छौ
पुर्णिमाको जून झैँ निश्छल
निलो आकाश झैँ अनन्त तिम्रो मन
बाँसूरिको धुन झैँ मिठो बोलिदिनु
तिमी आगो झैँ ज्वलन्त बलिरहनु।
दिदि र भाइको लागि भाईटिकाम़ा लेखेको।
चिसो रातमा न्यानोपन दिनु
अन्धकारलाई मेटाउने उज्यालो बन्नु
अन्यायलाई जित्ने शक्ति हुनु
तिमी अघि बढ्न कहिलै नडराउनु।
सत्यको बाटो हिँड्न गाह्रो होला
एक्लै हिँड्दा मन आत्तिएला
तर पछि फर्कि कहिलै नहेर्नु
म तिमी सँग सँगै हिँड्नेछु
तिम्रो जित हारको हिस्सा हुनेछु।
हिँड्दा कहिले ठेस लाग्ला
कहिले घाऊ ठुलो होला
तर दुख्यो भनि कहिले नरुनु
घाऊमा मलम म लगाइदिनेछु
तिम्रो सुख दुःख म बाँड्नेछु।
जिन्दगीको उकालो चढ्दा आँट टुट्ला
ओरालो झर्दा गोडा दुख्ला
तर थाकेँ भनि बिच बाटोमै नअडिदिनु
तिम्रो काँधको भारि बोक्न म सघाउनेछु
लक्ष्यमा पुग्न साथ भईदिनेछु।
तिमी महासागर झैँ बिशाल छौ
पुर्णिमाको जून झैँ निश्छल
निलो आकाश झैँ अनन्त तिम्रो मन
बाँसूरिको धुन झैँ मिठो बोलिदिनु
तिमी आगो झैँ ज्वलन्त बलिरहनु।
दिदि र भाइको लागि भाईटिकाम़ा लेखेको।
From left to right: Aayu, Aashu didi and Bhai |
Comments
Post a Comment