आमा तिम्रो लागि

मेरो आँसु तिम्रो दुख
तिम्रो खुशी मेरो सुख.
तिम्रो संघर्ष मेरो प्रेरणा 
मेरो सफलता नै तिम्रो कामना.
तिमि छौ सपना छ, हिम्मत छ
जिन्दगीसंग लड्ने आँट छ,
अगाडी बढ्न सक्ने भरोशा छ.
तर तिमि बिना जिन्दगी अधुरो र अँध्यारो
तिमि मलाई संसारमै सबैभन्दा प्यारो.

मेरो प्रगति तिम्रो जीत
तिम्रो शब्द मेरो गीत.
तिम्रो साथ मेरो चाहना
मेरो उन्नति नै तिम्रो सपना.
तिम्रो सारा जीवन मेरै लागि
सुनौलो बिहानीको किरण देखि
जुन को शितलता पनि मेरै लागि
तिम्रो आफ्नो भन्नु क छ र?
तिम्रो आफ्नो समय पनि मेरै बनायौ,  हैन र?

मेरो कदम तिम्रो पाईला
तिम्रो स्याब्बासी नै मेरो हौशला.
तिम्रो विश्वास मेरो साहस
मेरो मुस्कान नै तिम्रो प्रयास.
संसार को सारा सुख दिन चाहन्छु तिमीलाई
भगवानको स्थान दिन चाहन्छु तिमीलाई
तिम्रो समय फेरी तिमीलाई दिन चाहन्छु
चोट, घाऊबाट टाढा राख्न चाहन्छु
औंशीमा पनि उदाउने जुन हुन चाहन्छु.

मेरो सांस तिम्रो जिन्दगानी
तिम्रो काँध मेरो सिरानी .
तिम्रो काख मेरो संसार
तिम्रो हात मेरो निधार .
सधै यो आशिर्वाद रहिरहोस
तिम्रो मुस्कानले उज्यालो छरिरहोस
घाम छायाँको लुकामारी चलिरहोस
जिन्दगी यसरि नै खुसि भै बितिरहोस
निस्वार्थ तिम्रो मनले न्यानोपन दिरहोस.



Comments